जुम्लाको कनकासुन्दरी गाउँपालिकाका किसानलाई भेडा वितरण

 जेठ २१, २०८१ सोमबार १२:२:३२ | रासस
unn.prixa.net

जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिकाले किसानलाई भेडा वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटबाट कनकासुन्दरी–७ का १८ जना किसानलाई भेडा वितरण गरिएको गाउँपालिकाको पशुपक्षी विकास शाखाका प्रमुख लालबहादुर रावतले बताउनुभयो ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सात लाख, लाभग्राहीबाट चार लाख २० हजार र कनकासुन्दरीको दुई लाख ८० हजार रुपैयाँको लागतमा भेडा खरिद गरेको थियो । गडुनानी साझेदारी भेडा पकेट समूहले ९० भेडा र दुई वटा थुमा खरिद गरेर किसानलाई वितरण गरेको हो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयकाअनुसार जुम्लामा अहिले ८४ हजार तीन सय ८८ भेडा रहेको छ । यसैगरी बाख्राको सङ्ख्या ४६ हजार तीन सय छ रहेका कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया