संसद् बैठकमा रमाइलो छैन, वाक्क लाग्यो, म त निदाएछु : चित्रबहादुर केसी

 जेठ २१, २०८१ सोमबार १३:१७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले बजेटमाथिको छलफल पट्यारलाग्दो भएको बताउनुभएको छ ।

आउँदो आर्थिक वर्षको बजेटमाथि आफ्ना धारण राख्न रोस्टममा पुग्नुभएका केसीले छलफल नै औचित्यहीनजस्तो देखिएको बताउनुभएको हो । ‘हामी जति उफ्रिए पनि, सुझाव दिए पनि अर्थमन्त्रीले पेश गरेको बजेट एक सुका, एक आना हुनेवाला छैन । यहाँ जे आएको त्यै नै पारित हुने हो’, उहाँले भन्नुभयो ।

सांसद केसीले बजेटमाथिको छलफल सुन्दा आफूलाई वाक्क लागेको र निदाएको पनि बताउनुभयो । ‘यो छलफलको औचित्य लाग्न छाड्यो । यही छलफलको कुरा सुन्दा सुन्दा वाक्क लागेर म त एकछिन निदाएछु । संसद् बैठक रमाइलो छैन । दिक्क लाग्दो छ’, उहाँले भन्नुभयो ।

संविधानमा समाजवाद उन्मुख शासन व्यवस्था हुने उल्लेख भए पनि त्यसका लागि बजेटमा कुनै कार्यक्रम प्रस्तुत नगरिएको भन्दै केसीले असन्तुष्टि पनि पोख्नुभयो ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया