भारतमा लोकसभा चुनावको प्रारम्भिक मतपरिणाममा सत्तारूढ एनडीएको अग्रता

 जेठ २२, २०८१ मंगलबार १२:१५:२० | एजेन्सी
unn.prixa.net

भारतमा लोकसभा चुनावको प्रारम्भिक मतपरिणाममा सत्तारूढ भारतीय जनता पार्टी नेतृत्वको एनडीएले अग्रता लिएको छ । केहीबेर अघिको विवरणअनुसार एनडीएले दुई सय ९२ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै कंग्रेस नेतृत्वको ईन्डिया गठबन्धन दुई सय ३७ सिटमा अगाडि छ ।

कंग्रेससहितका केही दल मिलेर इन्डिया गठबन्धन बनाएका थिए । अन्य दल १४ सिटमा अगाडि रहेका भारतीय निर्वाचन आयोगलाई उद्धृत गरी इन्डिया टिभीले जनाएको छ । ५ सय ४२ लोकसभा सिटको मतगणना अहिले भइरहेको हो । भारतीय निर्वाचन आयोगकाअनुसार ५ सय ४३ लोकसभा सिटमध्ये गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्वाचित भइसक्नुभएको छ ।

त्यहाँ कंग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारले पनि आफ्नो नाम फिर्ता लिएका थिए । सम्पूर्ण नतिजा आएसँगै अर्को सरकार कुन दल वा गठबन्धनले बनाउने भन्ने टुङ्गो पनि लाग्नेछ । पाँच सय ४३ सदस्यीय लोकसभामा बहुमत पुर्‍याउन दुई सय ७२ सिट चाहिन्छ । गएको अप्रिल १९ तारिखदेखि शुरु भएको मतदान सात चरणमा गरी गएको शनिवार सकिएको थियो ।

लगत्तै सार्वजनिक भएको एक्जिट पोलअनुसार भाजपाले लगातार तेस्रो पटक सरकार बनाउने प्रारम्भिक अनुमान गरिएको थियो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया