लाेकसभा चुनाव : अहिलेसम्म भाजपा एक्लैले ४८ सिट जित्दा इन्डिया गठबन्धन १७ सिटमा विजयी

 जेठ २२, २०८१ मंगलबार १८:१८:२० | एजेन्सी
unn.prixa.net

भारतको लोकसभा चुनावमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले एक्लै बहुमत नल्याउने देखिएको छ । अहिले मतगणना चलिरहेको छ । भारतीय चुनाव आयोगका अनुसार अहिलेम्म भाजपाले ४८ सिट जितेकाे छ भने १ सय ९२ सिटमा अग्रता लिएको छ ।

५ सय ४३ सदस्यीय लोकसभामा बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले ४ सयभन्दा बढी सिट जित्ने दाबी गरेको थियो । सन् २०१९ मा भएको चुनावमा भाजपाले ३ सय ३ सिट जितेको थियो । अहिले पनि भाजपा नेतृत्वको एनडीए गठबन्धनको बहुमत भने पुग्ने देखिएको छ । अहिलेसम्म एनडीए गठबन्धनले ५२ सिटमा जितेकाे छ भने २ सय ४४ सिटमा अगाडि छ ।

त्यस्तै भारतीय राष्ट्रिय कंग्रेसको अघिल्लो चुनावमा भन्दा सिट सङ्ख्या बढ्ने देखिएको छ । अहिलेसम्म १६ सिट जितेको कंग्रेस ८३ सिटमा अगाडि छ । गएको चुनावमा कंग्रेसले ५२ सिट जितेको थियो । कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले बहुमत पाउने सम्भावना कम छ । अहिलेसम्म इन्डिया गठबन्धनले १७ सिटमा जितेको छ भने २ सय १२ सिटमा अग्रता लिएको छ ।

अहिले कुनै गठबन्धनमा नरहेको ममता बेनर्जी नेतृत्वको तृणमूल कंग्रेसले पश्चिम बङ्गालका ४२ मध्ये २९ सिटमा अग्रता लिइरहेको छ । मतदान सम्पन्न भएलगत्तै आएका १० वटा 'एग्जिट' पोलले गरेको प्रक्षेपण विपरीत विपक्षीले राम्रो नतिजा ल्याउने सम्भावना देखिएको हो । यदि भाजपासँग गठबन्धन गरेका एनडीएका साना दलले साथ छाडेमा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको सरकार बन्न सक्ने अनुमान पनि शुरु भएको छ ।

गएको अप्रिल १९ तारिखदेखि शुरु भएको मतदान सात वटा चरणमा गरी गएको शनिवार सकिएको थियो ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया