भाजपा एक्लैको बहुमत आएन : तेस्रो कार्यकालका लागि मोदीलाई गठबन्धनको भर

 जेठ २३, २०८१ बुधबार ८:१७:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) बहुमत ल्याउन असफल भएको छ । तर भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई भने स्पष्ट बहुमत प्राप्त भएको छ ।

पाँच सय ४३ सिटको लागि भएको लोकसभा चुनावमा एनडीएले २ सय ९२ सिट जितेको छ । यसमा भाजपा एक्लैको २ सय ४० सिट रहेको छ । पाँच सय ४३ सदस्यीय लोक सभामा बहुमत पुर्‍याउन दुई सय ७२ सिट चाहिन्छ ।

एनडीएको विपक्षी गठबन्धन भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया गठबन्धन) ले २ सय ३४ सिटमा जीत हासिल गरेको छ ।

परिणाम घोषणा भएकामध्ये अन्य १७ सिटमा केही साना दल र स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका भारतीय निर्वाचन आयोगलाई उद्धृत गरी बीबीसी हिन्दीले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभामा तेस्रो पटक निर्वाचित हुनुभएको छ । उहाँले भाजपा नेतृत्वको एनडीएले सरकार बनाउने बताउनुभएको छ ।

गएको अप्रिल १९ तारिखदेखि शुरु भएको मतदान सात चरणमा गरी गएको शनिवार सकिएको थियो । लगत्तै सार्वजनिक भएका एक्जिट पोलअनुसार भाजपाले लगातार तेस्रो पटक सरकार बनाउने प्रारम्भिक अनुमान गरिएको थियो । तर ती अनुमान गलत भएका छन् ।

पछिल्ला दुई चुनावमा लगातार बहुमत ल्याएर सरकारको नेतृत्व गरेका मोदीलाई यसपटक भने सरकार बनाउन गठबन्धनमा आवद्ध दलहरुको भर गर्नुपर्ने भएको छ ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया