भारतको आसममा बाढीका कारण १८ जनाको ज्यान गयो

 जेठ २३, २०८१ बुधबार १२:१४:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको ज्यान गएको छ । बाढीका कारण छ लाख जनाभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

बाढीले होजाई, करिमगञ्ज, मोरिगाँव, नगाँव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा असर पारेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ ।

यी जिल्लाहरूमा छ लाख २५ हजार तीन सय १८ जना मानिस बाढीबाट प्रभावित भएको एक अधिकारीले बताएका छन् । कछारमा भने चार जना बेपत्ता भएका खबरमा उल्लेख छ । अधिकारीहरूले पाँच सय ७७ गाउँ डुबानमा परेको र झन्डै छ हजार २३ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको उल्लेख गरेका छन् ।

आसम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) काअनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रमा एक सय ९१ राहत शिविर तथा एक सय आठ वितरण केन्द्र खोलेको छ । प्रभावित क्षेत्रमा रेल ट्र्याकमा क्षति पुगेको कारण केही रेल सेवा पनि रद्द गरिएको अधिकारीहरूले बताएका छन् ।

गएको मे महिनामा पश्चिम बङ्गाल र बङ्ग्लादेशको तटमा आएको चक्रवात र भारी वर्षापछि आसम र मणिपुर राज्यमा बाढी आएको हो ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया