मधेशका मुख्यमन्त्री यादवले विश्वासकाे मत लिने मिति सर्‍याे

 जेठ २३, २०८१ बुधबार १५:२५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आउँदो जेठ २८ गते मात्रै विश्वासकाे मत लिनुहुने भएको छ ।

आज विश्वासको मत लिने तयारी रहेकोमा मुख्यमन्त्री यादवले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै जेठ २८ गते विश्वासको मत लिने जानकारी प्रदेश सभामा गराउनुभएको हो । वैशाख ३० गते एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण उहाँले जेठ ३० गतेसम्म विश्वासको मत लिनुपर्नेछ ।

मुख्यमन्त्री यादवले १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिन लाग्नुभएको हो । उहाँ २०७९ साल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया