सरकार तलमाथि भएर बजेट अलपत्र पर्ने कांग्रेसको शङ्का, पूजाआजा गर्दैमा सरकार नढल्ने एमालेको जवाफ

 जेठ २३, २०८१ बुधबार १८:५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आर्थिक वृद्धिदर छ प्रतिशत हुने कुनै आधार नरहेको बताउनुभएको छ ।

आज बजेटमाथिकाे छलफलमा महामन्त्री थापाले सत्तारूढ प्रमुख दल नेकपा एमालेले नै बजेटको विरोध गरेको अवस्थामा बजेटको अपनत्व कसले लिने हो भनेर पनि जिज्ञासा राख्नुभएको छ । बीचैमा यो सरकार ढलेर बजेटको जिम्मा कांग्रेसले लिनुपर्ने सम्भावना पनि कायमै रहेकाले धेरै आफूले धेरै आलोचना नगर्ने गगन थापाको भनाइ छ ।

उहाँले भन्नुभयाे, ‘यो बजेटबारे के बोल्ने, कसरी बाेल्ने भनेर म अलमलिएको छु । यो बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन भनेर बोल्नुपर्ने हो । तर त्यसरी बोलौँ, यति धेरै उथलपुथल भएको यो संसदमा ६/८ महिनापछि यो बजेट आफैँले काँध हाल्नुपर्ने पो हो कि । आफ्नै बोली फेरि गलपासो हुने हो कि ।’

तर नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने कृषिमा लगानी दशक, पाँच लाख सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण, प्रधानमन्त्री आत्मनिर्भर छोरी कार्यक्रम लगायत थुप्रै सकारात्मक कार्यक्रम बजेटमा आएको बताउनुभयो ।

कांग्रेस महामन्त्री गगन थापालाई जवाफ दिँदै बर्तौलाले एमालेले बजेटमा केही आलोचना गरेकै भरमा कांग्रेसले सत्ता ढलोस् भनेर भगवानसँग प्रार्थना गर्नु बेकार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘माननीयज्यूहरूले पशुपतिमा धूप, अक्षता गरेर यो सरकार आजै ढलोस्, भोलि ढलोस् भन्ने चाहिरहनुभएको छ । यो सत्ता समीकरण त्यति कमजोर डोरीबाट बनेको छैन । त्यहाँसम्म पुग्ने परिस्थिति छैन ।’

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया