यथार्थमा टेकेर बजेट ल्याएका छाैँ, कार्यान्वयन हुन्छ : अर्थमन्त्री पुन

 जेठ २३, २०८१ बुधबार १८:४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा पेश भएको आउँदो आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिनुभएको छ । यही जेठ १५ गते संसदमा पेश भएको बजेटमाथि विभिन्न दलका सांसदले जिज्ञासा र प्रश्न सोधेका थिए ।

आज प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वर्षमान पुनले विगतका वर्षमा गरिएका आर्थिक सुधारलाई बढावा दिने, उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ सरकारले आउँदो आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको घोषणा गरेकाे बताउनुभयो । उहाँले विगतमा भन्दा पुँजीगत खर्चमा हुने वृद्धि हुने गरी लक्ष्य तय गरिएको, लगानीयोग्य रकमको उपलब्धतालगायतका कारणले छ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको बताउनुभयो ।

पुनले बजेटको आकार महत्त्वाकाङ्क्षी नभई यथार्थ रहेको उल्लेख गर्दै बजेटको आकारका सम्बन्धमा पूर्वाग्रही भएर टिप्पणी आएको भन्दै गुनासो गर्नुभयो । सूचना प्रविधिको क्षेत्रमा काम गर्ने जनशक्तिको वृद्धि र लगानीका कारण यस क्षेत्रबाट रोजगारीको अभिवृद्धि हुने उहाँको भनाइ छ । आउँदो वर्ष राजस्व परिचालनलाई व्यवस्थित र अनुमानयोग्य बनाउन सरकारले प्रयत्न गरेको र करका दरमा सामान्य हेरफेर गरिएको अर्थमन्त्रीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया