सरकारद्वारा भारत, अमेरिका र बेलायतसहित ११ देशका राजदूत फिर्ता

 जेठ २५, २०८१ शुक्रबार ६:२२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ। मन्त्रिपरिषद्को हिजोको बैठकले भारत, अमेरिका बेलायत सहित देशका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको हो । कांग्रेस, जसपा नेपालसहितका दलका कोटामा राजदूत बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय भएको हो ।

सरकारले भारतका लागि राजदूत डा. शंकरप्रसाद शर्मा, अमेरिकाका लागि राजदूत श्रीधर खत्री, बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य, दक्षिण कोरियाका लागि राजदूत ज्योति प्याकुरेल, साउदी अरबका लागि राजदूत नवराज ढकाल, कतारका लागि राजदूत नरेशविक्रम ढकाल, मलेसियाका लागि राजदूत डिल्लीराज पौडेल, इजरायलका लागि राजदूत कान्ता रिजाल, डेनमार्कका लागि राजदूत डा. रामस्वार्थ राय, स्पेनका लागि राजदूत शर्मिला पराजुली ढकाललाई फिर्ता बोलाएको हो ।

यस्तै पोर्चुगलका लागि नियुक्त भएका, तर जान बाँकी रहेका राजदूत सनिल नेपालको नियुक्ति पनि मन्त्रिपरिषद्ले बदर गरेको छ । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया