टी–२० विश्वकपमा आज क्यानडा र आयरल्याण्ड खेल्दै

 जेठ २५, २०८१ शुक्रबार ९:१:३५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदैछ। न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुनेछ । क्यानडा र आयरल्यान्ड दुवैले यसअघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन् ।

क्यानडा अमेरिकासँग पराजित भएको थियो भने आयरल्यान्ड भारतसँग पराजित भएको थियो । दुवै देशबीच अहिलेसम्म ४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दुवैले २–२ खेल जितेका छन् ।

सुपर आठमा पुग्न दुवै देशका लागि यस खेलको जित महत्त्वपूर्ण रहेको छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया