गाजाको विद्यालयमा गरेको आक्रमणबारे स्पष्ट पार्न इजरायललाई अमेरिकाको आग्रह

 जेठ २५, २०८१ शुक्रबार ९:४०:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – संयुक्त राज्य अमेरिकाले विस्थापित मानिसले भरिएको गाजामा सञ्चालित राष्ट्रसङ्घीय एक विद्यालयमा हवाई आक्रमण गरेकोबारे स्पष्ट पार्न इजरायललाई आग्रह गरेको छ। इजरायली सेनाले नुसेरात शरणार्थी शिविरमा हिजो गरेको आक्रमणमा ३५ जनाको ज्यान गएको घटनाको सत्यतथ्य छानविन गर्न इजरायलले सघाउनु पर्ने अमेरिकाको भनाई छ ।

इजरायली सेनाले भने विद्यालयमा आक्रमण नगरी हमासले नियन्त्रण गरेको क्षेत्रलाई लक्षित गरेर आक्रमण गरेको दाबी गरेको छ । तर विद्रोही समूह हमासको सञ्चार कार्यालयले इजरायलको दाबीलाई अस्वीकार गरेको छ । अमेरिकाले इजरायललाई यसअघि ९ जना हमासका लडाकुका नाम सार्वजनिक गरेकामा मारिने सबै ३५ जनाकै नाम सार्वजनिक गर्नुपर्ने बताउँदै आएको बीबीसीले जनाएको छ ।

इजरायलले हिजो गरेको आक्रमणमा १४ जना बालबालिका मारिएका रिपोर्ट अमेरिकालाई प्राप्त भएको थियो । त्यसैले अमेरिकाले इजरायललाई आक्रमणबारे स्पष्ट र पारदर्शी भएर आवश्यक जानकारीहरु दिन आग्रह गरेको हो । गाजाको रफाहमा आक्रमण गर्दा ४५ जनाको ज्यान गएको एक हप्तापछि फेरि इजरायले हिजो आक्रमण गरेको हो । 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया