मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त

 जेठ २५, २०८१ शुक्रबार १२:३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर : रासस

काठमाण्डौ – मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । ६ दलका ५५ जना सांसदको समर्थनमा सिंह मधेश प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । उहाँले केहीबेरमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।

मुख्यमन्त्रीमा सिंहले शपथ लिएपछि ११ सदस्यीय मन्त्रिपरिषद्समेत गठन गर्ने तयारी छ । ६ दलबीच मन्त्रालयको बाँडफाँटमा सहमति जुटेको छ । अर्थमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का भरतप्रसाद साह तथा उद्योग, वाणिज्य र पर्यटनमन्त्रीमा माओवादीकै युवराज भट्टराईलाई नियुक्त गर्ने तयारी छ ।

यस्तै नेकपा एमालेबाट सरोजकुमार यादव (महोत्तरी) भौतिक पूर्वाधार विकासमन्त्री, नेकपा (एकीकृत समाजवादी) बाट गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र एकीकृत समाजवादीकै बेंची लुङेलीलाई ऊर्जा, सिँचाइ र खानेपानीमन्त्री नियुक्त गर्ने तयारी छ ।

नेपाल सङ्घीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुनमन्त्री र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंहलाई श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी तोक्ने तयारी छ । एमालेको भागमा परेको स्वास्थ्य, शिक्षा र खेलकुद मन्त्रालयमा कसलाई पठाउने निर्णय गर्न बाँकी छ ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया