बाग्मती प्रदेशमा चालू आर्थिक वर्षकै हाराहारीमा बजेट आउने

 जेठ २५, २०८१ शुक्रबार १३:२:१६ | रासस
unn.prixa.net

काठमाण्डौ – बाग्मती प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि चालू आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयकाअनुसार आउँदो आर्थिक वर्षका लागि ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी भएको हो ।

आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गराइसकेको बाग्मती प्रदेश सरकारले असार १ गते बजेट ल्याउन लागेको छ । प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताउनुभयो ।

आर्थिक तरलता, न्यून आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती भएकाले चालू आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको मन्त्री थपलियाको भनाइ छ । बजेटमा ठूला र बृहत् प्रकृतिका योजना तथा नागरिकको जीवनस्तरसँग जोड्ने कार्यक्रमलाई समेटिने उहाँले बताउनुभयो । उहाँका अनुसार बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी  प्रवर्द्धनलाई प्राथमिकता दिनेछ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया