अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – संसदीय समितिले सार्वजनिक, सरकारी, सामुदायिक र गुठी जग्गाहरूको सीमाङ्कनसहित नक्साङ्कनकाे अभिलेखीकरण अद्यावधिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सार्वजनिक, सरकारी, सामुदायिक र गुठी जग्गाहरूको सीमाङ्कनसहितको नक्साङ्कनकाे अभिलेखीकरण अद्यावधिक गर्न/गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो । यसरी अद्यावधिक गर्दा सूचना प्रविधिको प्रयोग गर्न, तथ्य/तथ्याङ्कमा शुद्धता कायम गर्न र समितिले उपलब्ध गराएको ढाँचामा उल्लेखित विवरण समितिलाई उपलब्ध गराउन पनि भनिएको छ ।
त्यसैगरी सीमाङ्कन, नक्साङ्कन तथा अभिलेखीकरणका लागि आपसी समन्वय तथा आवश्यकताका आधारमा देशभरि पुनः नापी गरी व्यवस्थापन गराउन पनि समितिको निर्देशन छ । समितिले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी पुराना अभिलेखलाई संरक्षण गर्न पनि सरकारलाई भनेको छ ।
त्यसैगरी जग्गाको अभिलेखीकरण, प्रयोग र संरक्षणमा तीन वटै तह र सम्बद्ध निकायबीच नीतिगत तथा समन्वयगत स्पष्टता कायम गराउन समितिले निर्देशन दिएको समितिका सभापति ऋषिकेश पोखरेलले बताउनुभयो ।
त्यसैगरी समितिले सार्वजनिक तथा सरकारी जमिनलाई कुनै पनि कारण दुरुपयोग हुनबाट रोक्न, अतिक्रमण, कब्जा र सार्वजनिक सम्पत्तिकाे दुरुपयोग गर्नेलाई कारबाही गर्न पनि निर्देश गरेको छ ।
सभापति पोखरेलले भूमिसँग छरिएर रहेका कानुनहरूलाई एकीकृत गरी सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कडा सजायको व्यवस्था गर्न, जग्गासम्बन्धी सम्पूर्ण विवरणको अभिलेख एकीकृत रूपमा राख्ने प्रणालीको विकास गराउन पनि निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी जग्गा लिजमा दिनेसम्बन्धी खुकुलो कार्यनीतिगत व्यवस्थालाई पुनरावलोकन गर्न तथा महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदनका सुझावको कार्यान्वयनको प्रगति विवरण समितिलाई यथाशीघ्र उपलब्ध गराउन पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन गरिएको छ ।
बैठकमा बोल्दै भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले २०२१ सालपछि गरिएको नापी अहिले अव्यावहारिक भएको हुँदा वैज्ञानिक अभिलेखीकरणका लागि देशभरका जग्गाको पुनः नापी गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।