‘मधेश प्रदेश लगानी सम्मेलन’ काे घाेषणा, प्रत्यक्ष निर्वाचित सांसदलाई ५ कराेड चलाउन दिने

 जेठ २५, २०८१ शुक्रबार १८:२६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले ‘मधेश प्रदेश लगानी सम्मेलन’ गर्ने घोषणा गर्नुभएको छ ।

मुख्यमन्त्रीको पदभार ग्रहणपछि मुख्यमन्त्री सिंहले मधेश प्रदेशका लागि दिगो विकासको योजना तयार गरी स्वदेशी वा विदेशी लगानी आकर्षण गर्न लगानी सम्मेलन गर्ने घोषणा गर्नुभयो । उहाँले बाँझो जग्गा उपयोग, आफ्नै डिजिटल तथ्याङ्क बैंक स्थापना, वैदेशिक रोजगारबाट सीप सिकेर फर्किएका जनशक्तिका लागि सीपलाई रोजगारसँग जोड्ने कार्यक्रम, रङ्गशाला निर्माण तथा खेलाडीलाई प्रोत्साहनजस्ता विभिन्न कार्यक्रम गर्ने बताउनुभएको छ ।

प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई डेढ करोड रुपैयाँ बजेट चलाउन दिने पनि निर्णय गरेको छ । नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले यो निर्णय गरेको मधेश प्रदेशका मुख्यमन्त्री सिंहले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया