सत्ता समीकरण फेरिएपछि राजदूत फिर्ता बोलाउने कुरा विगतको परम्पराकै निरन्तरता : मन्त्री शर्मा

 जेठ २५, २०८१ शुक्रबार १८:१३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सत्ता समीकरण फेरिएपछि राजदूत फिर्ता बोलाउने कुरा विगतको परम्पराकै निरन्तरता भएको जनाएको छ ।

सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सत्ता समीकरण फेरिँदा राजदूत फिर्ता गर्ने निर्णय सरकारले पहिलो पटक नगरेको बताउनुभयो । पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उहाँले परराष्ट्र मन्त्रालयको प्रस्तावमा भारत, अमेरिका, इजरायल, साउदी अरब, कतार, मलेसिया, डेनमार्क, स्पेन, दक्षिण कोरिया र पोर्चुगलका लागि नेपाली आवासीय राजदूतलाई फिर्ता बोलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिनुभयो ।

यस्तै सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त ठाउँमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति पनि दिएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया