डेनमार्ककी प्रधानमन्त्री मेतोलाई सडकमै आक्रमण

 जेठ २६, २०८१ शनिबार १२:५:५३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

डेनमार्ककी प्रधानमन्त्री मेतो फ्रेदेरिकसनलाई सार्वजनिक ठाउँ अर्थात् सडकमै आक्रमण भएको छ। डेनमार्कको राजधानी कोपनहेगनको कुलटोरभेटमा गएराति उहाँमाथि कुटपिट भएको हो। प्रधानमन्त्री मेतोलाई कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका बीबीसीले उल्लेख गरेको छ ।

उहाँमाथी आक्रमण र कुटपिट किन भएको हो भन्ने खुल्न सकेको छैन । घटनाबाट स्तब्ध भएको उहाँको कार्यालयले जनाएको छ । प्रधानमन्त्री मेतो युरोपेली संसदको लागि भएको चुनावमा आफ्नो दलको तर्फबाट प्रचारमा व्यस्त हुनुहुन्थ्यो । युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयनले यस्तो कार्य घृणित र विश्वास गर्न नसकिने रहेको टिप्पणी गर्नुभएको छ ।

अन्तिम अपडेट: भदौ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया