युक्रेनी सेनाले रुसले कब्जा गरेको खेरसनमा आक्रमण : २२ जना सर्वसाधारणको ज्यान गयो

 जेठ २६, २०८१ शनिबार १५:१०:२५ | एजेन्सी
unn.prixa.net

एजेन्सी

युक्रेनी सेनाले रुसले कब्जा गरेको खेरसनमा आक्रमण गर्दा २२ जनाको ज्यान गएको छ । रुसल कब्जा गरेको खेरसन क्षेत्रको सडोभोये गाउँमा एउटा पसलमा दुई पटक भएको बमबारीमा २२ जना नागरिकको ज्यान गएको गभर्नर भ्लादिमिर साल्दोले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आक्रमणको समयमा पसलभित्र ग्राहक र पसलका कर्मचारीकाे भीड लागेको थियो । पहिलो हमला फ्रान्सेली हवाई बमबाट भएको र दोस्रो हमला अमेरिकी हिमर्स रकेटबाट भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिका र युरोपले दिएका हतियार रुसविरुद्ध आक्रमण गर्न सक्ने अनुमति पाएपछि युक्रेन रुसविरुद्ध आक्रमक भएको छ । रुसले यो निर्णयको कडा शब्दमा विरोध गर्दै अमेरिका र युरोप नजिकैका आफ्ना मित्र देशमा क्षेप्यास्त्र तैनाथ गर्ने चेतावनी दिइसकेको छ । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया