प्रधानमन्त्री कप भलिबल : पुरुषतर्फको उपाधि हेल्प नेपाललाई

 जेठ २६, २०८१ शनिबार १८:६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री कप एनभीए भलिबलमा पुरुषतर्फको उपाधि हेल्प नेपालले जितेको छ । राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराएको हो । पहिलो सेटमा हेल्प नेपाल, दोश्रो सेटमा गण्डकी र तेश्रो सेटमा हेल्प नेपाल विजयी भएको हो ।

यस्तै महिलातर्फ भएको फाइनल खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई ३–२ को सेटमा हराएर उपाधि जितेको छ । पहिलो दुई सेट पुलिसले जितेको थियो । त्यसपछि लगातार दुई सेटमा एभरेष्टले पुलिसमाथि जित निकाल्यो । अन्तिम तथा निर्णयक सेटमा पुलिसले एभरेष्टलाई १५–१२ ले जित्यो ।

यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लब महिलातर्फ तेस्रो भएको छ । आज भएको खेलमा नेपाल आर्मीलाई ३–० को सेटमा हराएर एपीएफ तेस्रो भएको हो । पुरुषतर्फ नेपाल पुलिस क्बल तेस्रो भएको छ । पुलिसले त्रिभुवन आर्मीलाई ३–२ को सेटमा हराएर तेस्रो भएको हो ।

प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ वटा टोली सहभागी थिए । पुरुष र महिला दुबैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाएका छन् । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया