विश्वव्यापी समुद्री तथ्याङ्क सङ्कलनका लागि चीनमा ओसन क्लाउड नामको प्लेटफर्म सञ्चालन

 जेठ २७, २०८१ आइतबार ९:१८:३५ | एजेन्सी
unn.prixa.net

एजेन्सी

चीनले समुद्री तथ्याङ्क व्यापक रूपमा सङ्कलनका लागि 'ओसन क्लाउड' नामको नयाँ प्लेटफर्म शुरु गरेको छ । ओसन क्लाउड समुद्री तथ्याङ्क र सूचना तयार पार्ने राष्ट्रिय अनलाइन सेवा रहेको चीनको समुद्री पूर्व चेतावनी र अनुगमन विभागलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ओसन क्लाउडले तथ्याङ्क सङ्कलन गर्न, विभागबीच समुद्री सूचना सङ्कलनलाई सहज बनाउन र विश्वव्यापी समुद्री सूचना आदानप्रदानलाई बढावा दिने काम गर्छ । यो प्लेटफर्मले समुद्री तथ्याङ्क एकीकरण सेवालाई अझ बलियो बनाउन, समुद्री तथ्याङ्क साझेदारीको लागि प्राविधिक मापदण्ड एकीकरण गर्न र समुद्री तथ्याङ्क उत्पादनको प्रयोग गुणस्तर सुधार गर्ने चीनको दाबी छ ।

यसले समुद्र तथा समुद्री गतिविधिका कारण विश्व मौसममा आउनसक्ने सङ्कटको पूर्वानुमान गर्न पनि सहज हुनेछ ।   

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया