कालीगण्डकी करिडोर : फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलाइ

 जेठ २७, २०८१ आइतबार १२:१२:१ | रासस
unn.prixa.net

रासस

पर्वत – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक सम्झौता अवधि सकिएको छ वर्षसम्म पनि पूरा हुनसकेको छैन । मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र छ ।

२०७३ सालको असार २२ गते सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै २० प्रतिशतभन्दा बढी काम बाँकी छ । शुरुमा ठेकेदारले विभिन्न कारण देखाएर काममा ढिलाइ गरेको र अहिले भिरमा बम विस्फोट गरेर चट्टान फुटाउनुपर्ने भएका कारण कामले गति लिन नसकेको हो ।

ठूलो भीरमा विस्फोटक पदार्थ प्रयोग गर्दा कुश्मा–कैया झोलुङ्गे पुललाई असर पर्ने भन्दै जिल्ला समन्वय समितिले वैकल्पिक उपाय अपनाउन भनेपछि अहिले काम रोकिएको कालीगण्डकी करिडोर आयोजना कार्यालय इन्जिनियर सुरेन्द्र गौतमले बताउनुभयो ।  

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया