खर्च घटाउन अर्जेन्टिनाले ५० हजार जना सरकारी कर्मचारी कटौती गर्ने

 जेठ २७, २०८१ आइतबार १५:२०:२९ | एजेन्सी
unn.prixa.net

अर्जेन्टिनाकाे राजधानी ब्युनस आयर्स, तस्बिर : एजेन्सी

अर्जेन्टिनाले ५० हजार जना सरकारी कर्मचारी कटौती गर्ने भएको छ । अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले गएको डिसेम्बरमा सरकारको खर्च घटाउने योजना सार्वजनिक गर्नुभएको थियो । त्यही योजनाअनुसार अब छिटै ५० हजार जना सरकारी कर्मचारीलाई बिदाइ गर्ने कुरा दोहोर्‍याउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

१० औँ ल्याटिन अमेरिकी बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्जेन्टिनी राष्ट्रपति माइलेले सार्वजनिक खर्च कटौती गर्ने आफ्नो अभियानको प्रशंसा गर्दै विरोधीहरूको कुरा नसुन्ने बताउनुभएको छ ।

पेन्सन सुधारलाई बढावा दिनका लागि सबै सार्वजनिक खर्चमा लगाम लगाउने नीतिगत प्रस्ताव चाँडै संसद‍्बाट पारित हुने पनि उहाँले बताउनुभएको छ । आफूले भिटो प्रयोग गरेर भए पनि सार्वजनिक खर्च घटाउने कानुनहरू पारित गर्ने राष्ट्रपति माइलेले बताउनुभएको छ ।

गएको डिसेम्बर यतामात्रै सरकारी तलब भत्ता खाने २५ हजार जनालाई सेवाबाट हटाएको पनि अर्जेन्टिना सरकारले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया