सङ्कटग्रस्त महासागर बचाउन अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्र सङ्घका प्रमुखकाे आग्रह

 जेठ २७, २०८१ आइतबार १८:३०:० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्कटग्रस्त महासागरलाई बचाउनका लागि तत्कालै कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ ।

महासागर दिवसको अवसरमा एक सन्देश जारी गर्दै महासचिव गुटेरेसले अहिले संसारका धेरै महासागर सङ्कटमा परेकाले तत्कालै संरक्षणको आवश्यकता रहेको बताउनभयो । समुद्र रहे मात्रै पृथ्वीमा जीवन सम्भव रहेको भन्दै महासचिव गुटेरेसले समुद्रको विनाशमा मानिसकै हात रहेको उल्लेख गर्नुभएको छ ।

समुद्रलाई बिगार्ने काम गर्दा साना द्वीप र तटीय क्षेत्र मात्रै नभई समग्र पृथ्वीकै चक्रमा असर पुग्ने उहाँले बताउनुभयो । अहिले पृथ्वीमा सबैलाई अत्याउने गरी बढिरहेका मौसमी घटनाहरूमा पनि समुद्रको विनाश नै जोडिएको महासचिव गुटरेशको भनाइ छ ।

अस्थिर तटीय विकास, अत्यधिक माछा मार्ने, गहिरो समुद्री खानी, अनियन्त्रित प्रदूषण र प्लास्टिक फोहोरले विश्वभर समुद्री पर्यावरणको विनाश गरिरहेको छ । गुटेरेसले विश्वका सरकार, व्यवसाय, लगानीकर्ता, वैज्ञानिक र समुदायलाई बहुमूल्य समुद्री र तटीय पर्यावरण जोगाउन अपिल गर्नुभएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया