भारतीय प्रधानमन्त्री मोदीद्वारा तेस्रो कार्यकालका लागि शपथ, ७२ सदस्यीय मन्त्रिपरिषद गठन

 जेठ २८, २०८१ सोमबार ६:४३:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतका  प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा हिजो मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष प्रधानमन्त्री पदको शपथ लिनुभएको हो । शपथ समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

मोदीसँगै उहाँको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन् ।  प्रधानमन्त्री मोदीले शपथ लिएपछि यसअघि रक्षामन्त्री रहेका  राजनाथ सिंह, पहिला गृहमन्त्री रहेका अमित शाह,  नितिन गडकरी, बीजेपी अध्यक्ष जेपी नड्डा, एस.जयशंकर, निर्मला सितारमण लगायतले पनि मन्त्रीको शपथ लिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ३० जना मन्त्री र ४१ जना राज्यमन्त्रीसहित ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । मन्त्रीहरुमा धेरैजसो पुरानै अनुहार दोहोरिएका छन् ।  

नरेन्द्र मोदी यसअघि सन् २०१४ मा पहिलो पटक  र २०१९ मा दोस्रो पटक भारतको प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो ।

यसपटक नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ५४३ सिटमध्ये २९३ सिट जितेर सरकार बनाएको छ । तर, भारतीय जनता पार्टी भाजपा एक्लैले भने बहुमत ल्याउन सकेन ।

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया