फ्रान्सका राष्ट्रपतिद्वारा संसद् विघटनको घोषणा, दुई चरणमा चुनाव हुने

 जेठ २८, २०८१ सोमबार १२:३:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद् विघटन गर्दै दुई चरणमा चुनाव हुने घोषणा गर्नुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको चुनाव जुन ३० र दोस्रो चरणको चुनाव जुलाई ७ मा हुने घोषणा गर्नुभएको हो ।

दक्षिणपन्थी पार्टीहरूले युरोपियन युनियन (ईयू) को चुनावमा म्याक्रोनको केन्द्रवादी गठबन्धनलाई पराजित गरेपछि म्याक्रोनले अचानक संसद् भङ्ग गर्ने निर्णय गर्नुभएको बीबीसीले जनाएको छ । म्याक्रोनले संसद् भङ्गको घोषणा गर्दै ईयू चुनावको नतिजा युरोपको रक्षा गर्न खोज्ने दलहरूका लागि राम्रो नभएको बताउनुभएको छ ।

ईयू चुनावमा २८ वर्षीय जोर्डन बर्डेलको नेतृत्वमा रहेको राष्ट्रिय र्‍याली (आरएन) ले ३२ दशमलव ३ देखि ३३ प्रतिशत मत प्राप्त गरेको छ भने म्याक्रोनको केन्द्रवादी गठबन्धनले १४ दशमलव ८ देखि १५ दशमलव २ प्रतिशत मत प्राप्त गरेको छ । फ्रान्समा पछिल्लो आमचुनाव सन् २०२२ मा भएको थियो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया