जसपा नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि

 जेठ २८, २०८१ सोमबार १२:१२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि धनुषाकाे जनकपुरधाममा शुरु हुँदैछ ।

जनकपुरधामको तिरहुतिया गाछीमा शुरु हुने महाधिवेशनको दिउँसो १ बजे अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताको सहभागिता रहनेछ । पर्सिसम्म चल्ने महाधिवेशनमा १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जसपा नेपालले जानएको छ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने निश्चित छ । अध्यक्षबाहेक एक सह–अध्यक्ष, पाँच उपाध्यक्ष, दुई महासचिव, तीन उपमहासचिव, सात सचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । यस्तै दुई सय एक केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित हुनेछन् ।

अन्तिम अपडेट: असोज २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया