धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
लमजुङ – लमजुङमा रहेको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थालेको छ । नदीमा पर्याप्त पानी भएसँगै ७० मेगावाटको आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन थालेको हो ।
हिउँदयाममा मर्स्याङ्दी नदीमा पानी घटेपछि मङ्सिरदेखि फागुनसम्म २४ मेगावाट मात्र उत्पादन भएको थियो । चैत लागेपछि बिस्तारै उत्पादन वृद्धि भई ४०/४५ मेगावाट पुगेको थियो । एक हप्ता अघिदेखि ६० मेगावाट हुँदै तीन दिनदेखि ७० मेगावाट नै उत्पादन हुन थालेको विद्युत् उत्पादन केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिनुभयो ।
यो आयोजना सन् २००० मा निर्माण शुरु भई सन् २००८ मा सम्पन्न भएको थियो । २७ अर्ब २० करोड रुपैयाँको लागतमा निर्मित आयोजना लमजुङकै पहिलो विद्युत् आयोजना हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।