भारतका राष्ट्रपति मुर्मूसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट

 जेठ २८, २०८१ सोमबार १५:८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुभएको छ ।

नयाँ दिल्लीमा रहेको राष्ट्रपति भवनमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मूसँग भेट गर्नुभएको हो । भेटमा राष्ट्रपति मुर्मू र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ ।

त्यसैगरी उहाँहरूबीच दुई देशका नागरिकबीचको परम्परागत सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड र भारतका विदेशमन्त्री एम जसशङ्करबीच पनि भेट भएकाे थियाे ।

प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन हिजो भारत जानुभएको हो । शपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड आजै स्वदेश फर्कने उहाँको सचिवालयले जनाएको छ ।

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया