'ईयू' चुनावमा आफ्नो दलले हारेपछि बेल्जियमका प्रधानमन्त्रीको राजीनामा

 जेठ २८, २०८१ सोमबार १५:२२:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : सिन्ह्वा

हिजो सम्पन्न युरोपेली युनियन (ईयू) काे चुनावमा आफ्नो दलले पराजय भएपछि बेल्जियमका प्रधानमन्त्री अलेक्ज्यान्डर डे क्रुले राजीनामा दिनुभएको छ ।

क्रुले प्राप्त नजिता आफूले आशा गरेको जस्तो नरहेको भन्दै अब पार्टीको सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने बताउनुभएको सीएनएनले जनाएको छ । राजीनामाको घोषणा गर्दै डे क्रुले बेल्जियमलाई आफ्नो कार्य लिन सक्ने पूर्ण शक्तिको नयाँ सरकार चाहिने विश्वासलाई जोड दिँदै आफ्नो उत्तराधिकारीलाई शक्तिको उचित हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यसैबीच संसदीय चुनावमा आफ्नो पार्टी पराजय भएपछि फ्रान्सका राष्ट्रपति एमानुयल माक्रोँले संसद्को तल्लो सदन विघटन गरी नयाँ चुनावको घोषणा गर्नुभएको छ । मध्यावधि चुनाव जुन ३० र जुलाई ७ का लागि तोकिएको छ ।

इटालीमा मतदान भएसँगै युरोपेली सङ्घका २७ सदस्य देशमा चुनाव सकिएको छ । युरोपेली सङ्घमा झन्डै ४० करोड मतदाताले आर्कटिक सर्कलदेखि अफ्रिका र एशियाको सिमानासम्म फैलिएको युरोपेली संसद्का सात सय २० जना सदस्य चयन गर्नेछन् ।

चुनावको नतिजाले जलवायु परिवर्तन, रक्षादेखि आप्रवासन र चीन र संयुक्त राज्य अमेरिकाजस्ता प्रमुख वैश्विक राजनीतिक खेलाडीसँग अन्तर्राष्ट्रिय सम्बन्धसम्मका विश्वव्यापी मुद्दामा नीति निर्धारण गर्नेछ । सन् २०१९ को पछिल्लो युरोपेली चुनावदेखि भू–राजनीतिक गतिशीलता उल्लेखनीय रूपमा परिवर्तन भएको छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया