सुदूरपश्चिममा ५ विनाविभागीयसहित ८ जना मन्त्री नियुक्त

 जेठ २८, २०८१ सोमबार १८:३०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पाँच जना विनाविभागीयसहित आठ जना मन्त्री नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री साेडारीले आज नेकपा एमालेका तीन जना, नेकपा (माओवादी केन्द्र) का तीन जना, नेकपा (एकीकृत समाजवादी) का एक जना  र एक जना स्वतन्त्र सांसद गरी थप आठ जना मन्त्री नियुक्त गर्नुभएकाे मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

यससँगै सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् मुख्यमन्त्रीसहित ११ सदस्यीय भएको छ । यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई जना मन्त्री छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त स्वतन्त्र सांसद ताराप्रसाद जोशीले भने मन्त्री पद अस्वीकार गरेको उल्लेख गर्नुभएको छ । यस्तै माओवादी केन्द्रमा मन्त्री सिफारिशको विषयलाई लिएर किचलो भएको छ । पाँच जना सांसदले संसदीय दलभित्र सल्लाह नगरि मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न मुख्यमन्त्री सोडारीलाई ध्यानाकर्षण बुझाएका छ्न् ।

नयाँ मन्त्रीहरूको शपथ आजै हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया