टी–२० विश्वकप : दक्षिण अफ्रिकाको लगातार तेस्रो जित, बङ्ग्लादेश ४ रनले पराजित

 जेठ २९, २०८१ मंगलबार ६:५:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आईसीसी टी–२० विश्वकपमा बङ्ग्लादेशलाई हराउदै दक्षिण अफ्रीका लगातार तेस्रो पटक जित निकालेको छ। गएराति भएको खेलमा दक्षिण अफ्रीकाले बङ्ग्लादेशलाई ४ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बङ्ग्लादेशले ७ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो ।

बङ्ग्लादेशका टोहिड हृदयले सर्वाधिक ३७ रन बनाए । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ विकेट लिए । त्यसअघि न्युयोर्कमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए ।

बङ्ग्लादेशका तान्जिम सकिबले ३ विकेट लिए । जित पछि समूह ‘डी’ मा दक्षिण अफ्रिकाको ३ खेलमा ६ अङ्क भएको छ । बङ्ग्लादेश र नेदरल्यान्ड्सको समान २–२ खेलमा समान २–२ अङ्क रहेको छ भने नेपाल र श्रीलङ्का अङ्कविहिन छन् । नेपालले १ खेल खेलेको छ भने श्रीलङ्काले २ खेल खेलेको छ । नेपालले भोलि श्रीलङकासँग खेल्दैछ । 

टी–२० विश्वकपमा आज पाकिस्तान र क्यानडा खेल्दैछन् । न्युयोर्कमा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया