मलावीका उपराष्ट्रपतिसहित अरु ९ जना चढेकाे विमान बेपत्ता

 जेठ २९, २०८१ मंगलबार ६:२६:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पूर्वी अफ्रिकी राष्ट्र मलावीका उप–राष्ट्रपति साउलोस चिलिमा र अरु ९ जना चढेकाे विमान बेपत्ता भएको छ । मलावी डिफेन्स फोर्सको विमान हिजो बिहान राजधानी लिलोङ्वेबाट उडेपछि राडारबाट बाहिर गएर सम्पर्कविहिन भएको बीबीसीले जनाएको छ ।

यो विमान  एम्जुजु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान १० बजे अवतरण गर्नुपर्ने थियो । डिफेन्स फोर्सका कमान्डरले घटनाको बारेमा जानकारी दिएपछि राष्ट्रपति लाजरस चकवेराले पूर्व निर्धारित आफ्नो उडान रद्द गरेर हराएको विमान खोजी र उद्धार कार्यको आदेश दिनुभएको छ ।

मलावीका सूचना मन्त्री मोसेस कुन्कुयुले विमान खोज्ने प्रयास जारी रहेको बताउनु भएको खबरमा उल्लेख छ । उप–राष्ट्रपति साउलोस तीन दिनअघि निधन भएका पूर्व क्याबिनेट मन्त्री राल्फ कसम्बाराको अन्त्येष्टिमा सरकारको प्रतिनिधित्व गर्न जाँदै हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया