राष्ट्रसङ्घीय सुरक्षा परिषदको बैठकमा इजरायल–गाजा युद्धविराम प्रस्ताव पारित

 जेठ २९, २०८१ मंगलबार ८:२२:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

संयुक्त राष्ट्र सुरक्षा परिषदले इजरायल–गाजा युद्धविराम प्रस्तावलाई समर्थन गर्दै पारित गरेको छ । प्रस्तावमा सबै बन्धकहरूको तत्काल र निःशर्त रिहा गर्न माग गरिएको छ । सुरक्षा परिषदमा रहेका १५ सदस्य देशहरुमध्ये १४ वटाले युद्धविराम गर्नपर्ने भन्दै समर्थन गरेको बीबीसीले जनाएको छ ।

अमेरिकाले अघि सारेको युद्धविरामको प्रस्ताव बहुमतले पारित भएपछि अमेरिकी राजदूत लिण्डा थोमस ग्रिनफिल्डले इजरायल र हमास दुवैलाई विनाशर्त युद्धविराम गर्न अपिल गर्नुभएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले मे ३१ मा युद्धविराम गर्न राखेको प्रस्ताव इजरायलले स्वीकार गरिसकेको छ । तर लागू भएको छैन ।

संयुक्त राष्ट्रसङ्घकाअनुसार गाजामा तीन चरणमा युद्धविराम लागु गर्ने उल्लेख छ । यसबारे युद्धविरामका लागि मध्यस्तकर्ताको भूमिकामा रहेको कतारले हमासलाई जानकारी गराईसकेको छ । पहिलो चरणमा बन्धक बनाइएकाहरुलाई रिहा गर्ने र बन्धक भएकै अवस्थामा ज्यान गुमाएकाहरुको शव फर्काउने उल्लेख छ ।

यस्तै इजरायली सेना गाजा क्षेत्रबाट हट्न शुरु गर्ने, युद्धका कारण विस्थापित भएकाहरुलाई आफ्नो घर फर्किन दिने र सुरक्षित रुपमा मानवीय सहायता पुर्‍याउने प्रस्ताव छ । दोस्रो चरणमा युद्धको स्थायी अन्त्य गर्दै कोही बन्धक बाँकी भए तिनलाई रिहा गर्ने र इजरायली सेना गाजाबाट पूर्णरुपमा हट्ने प्रस्ताव छ । 

तेस्रो चरणमा गाजामा पुनर्निर्माणको काम शुरु हुने बताइएको छ । हमासको  स्वास्थ्य मन्त्रालयका अनुसार गएको अक्टोबर ७ मा युद्ध शुरु भएदेखि त्यहाँ अहिलेसम्म ३७ हजार भन्दा धेरै मानिसको ज्यान गएको छ । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया