टी–२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र क्यानडा खेल्दै

 जेठ २९, २०८१ मंगलबार ९:२२:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र क्यानडा खेल्दैछन् । समूह ‘ए’ अन्र्तगतको यो खेल अमेरिकाको न्यूर्योकमा नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । पाकिस्तान यसअघि आफ्नो पहिलो खेलमा आयोजक अमेरिकासँग सुपर ओभरमा र त्यसपछि दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

लगातार दुई खेल हारेको पाकिस्तानलाई सुपर आठमा पुग्ने झिनो सम्भावना कायम राख्न बाँकी दुई खेल जित्नैपर्ने दबाब छ । तर दुई खेलमा जितले मात्रै पाकिस्तान सुपर आठमा पुग्न सक्ने अवस्था छैन । समूहका अरू खेलको नतिजा पनि पाकिस्तानका लागि अनुकुल हुनुपर्नेछ ।

समूह ‘ए’ मा आयोजक अमेरिकासहित भारत, पाकिस्तान, आयरल्यान्ड र क्यानडा छन् । पाकिस्तानले समूह चरणको अन्तिम खेल आयरल्यान्डसँग खेल्नेछ । यो समूहमा भारत र अमेरिका समान २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष र दोस्रो स्थानमा छन् ।

क्यानडा २ खेलमा २ अङ्कसहित तेस्रो, अङ्कविहीन पाकिस्तान चौथो र आयरल्यान्ड पाँचौँ स्थानमा छ । क्यानडा पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयरल्यान्डलाई हराएको थियो ।

टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा समूह ‘डी’ को नेपालले भोलि बिहान श्रीलङ्कासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार भोलि बिहान सवा ५ बजे अमेरिकाको फ्लोरिडामा हुनेछ । नेपाल पहिलो खेलमा  नेदरल्यान्ड्ससँग पराजित भएको थियो । श्रीलङ्का यसअघिका दुई खेलमा दक्षिण अफ्रिका र बङ्ग्लादेशसँग हारेको थियो ।

नेपालले श्रीलङ्कासँगको खेलपछि समूह चरणका अन्तिम दुई खेल वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बङगलादेशसँग खेल्नेछ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया