गण्डकीमा दीपक मनाङे र माओवादीको 'ह्विप' तोडेर विश्वासको मत दिएका देवकोटा मन्त्री नियुक्त

 जेठ २९, २०८१ मंगलबार १४:२८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । हिजो विश्वासको मत पाउनुभएका पाण्डेले आज दुई जना मन्त्री नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री पाण्डेले हिजो नेकपा (माओवादी) केन्द्रको 'ह्विप' लाई नटेरेर विश्वासको मत दिएका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेलाई मन्त्री बनाउनुभएको छ ।

मुख्यमन्त्री पाण्डेले दीपक मनाङेलाई भौतिक पूर्वाधार र नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई ऊर्जा तथा जलस्रोत मन्त्री बनाउनुभएको छ । उहाँले यसअघि नै टकराज गुरुङलाई आर्थिक मामिला र विन्दुकुमार थापालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइसक्नुभएको थियो ।

हिजो नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई, स्वतन्त्र सांसद मनाङे र माओवादीको चुनाव चिह्नबाट जितेका देवकोटाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएका थिए ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया