सहुलियत कर्जाको १ खर्ब ३८ अर्ब बक्याैता बाँकी, शैक्षिक प्रमाणपत्र धिताे राखेर ऋण लिएकाबाट २ कराेड ४० लाख रुपैयाँ उठेन

 जेठ २९, २०८१ मंगलबार १५:१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानबापतको एक खर्ब ३८ अर्ब रुपैयाँ कर्जा बक्यौता बाँकी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गएको वैशाखसम्म एक लाख २६ हजार एक सय ९१ जना ऋणीलाई प्रवाह भएको एक खर्ब ३८ अर्ब ७१ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सबैभन्दा धेरै कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ४९ हजार ६३  जना ऋणीलाई प्रवाह भएको ९४ अर्ब चार करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । यस्तै महिला उद्यमशील कर्जाअन्तर्गत ७४ हजार नाै सय ४२ जना महिला उद्यमीलाई प्रवाह भएको ४२ अर्ब ८७ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिएका एक सय १९ जनालाई प्रवाह भएको दुई करोड ४० लाख ६० हजार, वैदेशिक रोजगारीबाट फर्किएका सात सय ९५ जनालाई प्रवाह भएको २९ करोड रुपैयाँ, दलित समुदाय व्यवसाय विकासतर्फ आठ सय ८३ जनालाई प्रवाह भएको ३१ करोड ७० लाख र प्राविधिक शिक्षा पढ्न ऋण लिएका एक सय पाँच जनाको दुई करोड ५० लाख रुपैयाँ कर्जा बक्यौता बाँकी रहेको छ ।

यस्तै भूकम्प प्रभावित एक सय ३४ जनाले घर बनाउन लिएको ७० लाख, एक सय वटा कपडा उद्योगीले लिएको एक अर्ब ११ करोड र युवावर्ग स्वरोजगार कर्जातर्फ एक करोड १० लाख रुपैयाँ कर्जा बाँकी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सरकारको नीतिअनुसार नेपाल राष्ट्र बैंकले २०७५ सालमा सहुलियतपूर्ण ब्याजमा विभिन्न १० प्रकारका कर्जा दिनुपर्ने गरी कार्यविधि बनाएको थियो । यसरी दिइने सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधारदरमा दुई प्रतिशतभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्ने तथा ब्याज, सूचना शुल्क, बीमा प्रिमियम र कर्जा सुरक्षण शुल्कबाहेक अरू शुल्क लिन नपाउने व्यवस्था छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया