थाइल्यान्डकाे चर्चित बजारमा आगलागी हुँदा झन्डै एक हजार वटा जनावर मरे

 जेठ २९, २०८१ मंगलबार १५:२३:१५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

थाइल्यान्डको राजधानी बैंककको चर्चित बजार चतुचकमा आगलागी हुँदा झन्डै एक हजार वटा जनावर मरेका छन् ।

आज बिहान झन्डै एक सय वटा पसलमा आगलागी हुँदा चराचुरुङ्गी, कुकुर, बिरालो र सर्पहरू जलेर मरेका बीबीसीले जनाएको छ । यस्तै आगलागीमा मुसा, पाइथन र गेकोसहरू पनि जलेका छन् ।

बिजुली शर्ट भएर आगलागी भएको र अहिलेसम्म मानवीय क्षतिबारे कुनै जानकारी प्राप्त नभएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

साँघुरो गल्लीहरूमा दशौँ हजार पसलहरू भएको चतुचक दक्षिण पूर्व एशियाको सबैभन्दा ठूलो बजारहरूमध्ये एक हो । यो थाइल्यान्डको साप्ताहिक बजारहरूमध्ये सबैभन्दा ठूलो र सबैभन्दा चर्चित बजार पनि हो ।

यहाँ हरेक शनिवार र आइतवार झन्डै दुई लाख जना पर्यटक आउने दाबी गरिएको छ । तर घरपालुवा जनावर बेच्ने बजारको भाग भने हप्ताभर खुला रहन्छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया