ग्लाेबल आईएमई बैंककाे 'डिजिटल युनिभर्स' सञ्चालनमा

 जेठ २९, २०८१ मंगलबार १८:२९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेडले धेरैजसाे बैंकिङ सेवाहरू बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी 'डिजिटल युनिभर्स' सञ्चालनमा ल्याएको छ ।

सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकको आवश्यकतालाई मध्यनजर गरी आफ्ना दुई दर्जनभन्दा बढी सेवालाई बैंकको वेबसाइटमार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको ग्लाेबल आईएमईले जनाएकाे छ ।

बैंकले क्यूआर कोड तथा पीओएस रजिस्ट्रेसन, इजी बाई इजी पे, इकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैंकिङ एक्सेस, मोबाइल बैंकिङ ब्लक तथा अनब्लक, डेबिट कार्ड ब्लक तथा अनब्लक, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (डेबिट कार्डको लागि) आवेदन, क्रेडिट कार्डको विवरणको लागि आवेदन, क्रेडिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (क्रेडिट कार्डको लागि) आवेदन, क्रेडिट कार्ड ब्लक तथा अनब्लक, डिम्याट, सिआस्बा, मेरो शेयर, टीएमएस खाता खोल्ने, मुद्दती खाता प्रिम्याचुयर आदि सेवा वेबसाइटबाटै अनलाइन प्रदान गर्नेछ ।

ग्राहकले यस बैंकको वेबसाइटमा रहेको 'डिजिटल युनिभर्स' मा गई वा https://digitaluniverse.gibl.com.np/ मा क्लिक गरी उल्लेखित सेवाहरू आफ्नो अनुकुलमा प्रयोग गर्न सक्ने ग्लाेबल आईएमईले जनाएकाे छ ।

बैंकले केही दिन अगाडिमात्र विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवा प्रदान गर्ने गरी छुट्टै लाउन्ज 'डिजिटल युनिभर्स' सञ्चालनमा ल्याएको थियो । जसमा चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरू रहेका छन् ।

इन्टरनेट प्रयोगकर्ताहरूलाई अनलाइनमार्फत नवीनतम बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले 'डिजिटल युनिभर्स' सार्वजनिक गरेको ग्लाेबल आईएमईले जनाएकाे छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया