गाजामा युद्धविराम गर्ने प्रस्तावमा विद्राेही समूह हमास ‘सकारात्मक’

 जेठ ३०, २०८१ बुधबार १५:२१:४९ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले इजरायल–गाजा युद्धविराम प्रस्ताव पारित गरेपछि प्यालेस्टिनी विद्रोही समूह हमासले जवाफ दिएको छ ।

अमेरिकाले अघि सारेको युद्धविरामको प्रस्तावमा हमासले यो युद्धविराम स्थायी होस् भन्ने इजरायलको प्रतिबद्धता चाहेको बताएको बीबीसीले जनाएको छ । हमास र उसको सहयोगी प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) ले यो युद्ध अन्त्य गर्ने सहमतिमा पुग्न सकारात्मक वार्ता गर्न तयार रहेको बताएका खबरमा उल्लेख छ ।

प्रस्तावमा शुरुवातको छ हप्तासम्म युद्धविराम गर्ने र दोस्रो चरणमा युद्धविराम स्थायी गरिने उल्लेख छ । यसका साथै गाजामा पुनर्निर्माणको काम शुरु गरिने पनि उल्लेख छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले हमासको जवाफले युद्ध रोक्न सहयोग पुग्ने र अमेरिकी अधिकारीहरूले त्यो जवाफको मूल्याङ्कन गरिरहेको बताउनुभएको छ ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गएको अक्टोबर ७ मा युद्ध शुरु भएदेखि त्यहाँ अहिलेसम्म ३७ हजार जनाभन्दा धेरै मानिसको ज्यान गएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया