कुवेतको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गयो

 जेठ ३०, २०८१ बुधबार १८:२०:३० | एजेन्सी
unn.prixa.net

एजेन्सी

कुवेतको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ । मङ्गाफ शहरको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गएको र अन्य १५ जना घाइते भएका बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा पाँच जना भारतीय नागरिक पनि रहेका छन् ।

यो भवनमा धेरैजसो आप्रवासी कामदार बस्ने भएकाले मृतक पनि सबैजसो आप्रवासी नै हुन सक्ने खबरमा उल्लेख छ । कुवेतका आन्तरिक मन्त्री फहद युसुफ अल सबाहले घटनास्थलको अवलोकन गर्दै मानवीय लापर्बाही नै आगलागीको कारण भएको बताउनुभएको छ । घर मालिकको लोभले गर्दा क्षमताभन्दा धेरै कामदार राखेको र घटनामा धेरैको ज्यान गएको मन्त्री सबाहको भनाइ छ ।

कुवेतको जनसङ्ख्यामध्ये दुई तिहाइ आप्रवासी कामदार रहेका छन् । निर्माण र घरेलु क्षेत्रमा कुवेत बाह्य कामदारमा निर्भर छ । मानव अधिकार समूहले कुवेतमा आप्रवासीको जीवनस्तरको बारेमा बारम्बार प्रश्न उठाउँदै आएका छन् ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया