इजरायलमा हिजबुल्लाहको अहिलेसम्मकै ठूलो रकेट आक्रमण

 जेठ ३१, २०८१ बिहीबार ६:४०:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलमा हिजबुल्लाहले अहिलेसम्मकै ठूलो रकेट आक्रमण गरेको छ । हिजबुल्लाहले लेबनानबाट दर्जनौँ रकेट आक्रमण गरेपछि उत्तरी इजरायलका धेरै ठाउँमा आगो लागेको बीबीसीले जनाएको छ । हिजबुल्लाहले इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ कमाण्डरको ज्यान गएको प्रतिक्रियास्वरूप यो आक्रमण गरेको बताएको छ ।

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह कमाण्डर तालेब अब्दुल्लाहसहित चार जनाको ज्यान गएको थियो । हिजबुल्लाहकाअनुसार रकेटहरू इजरायली सैन्य अड्डाहरू र सैन्य कारखानाहरूलाई लक्षित गरी आक्रमण  गरिएको छ ।

इजरायली सेनाले हिजबुल्लाहले झण्डै ९० वटा रकेट आक्रमण गरेको दाबी गरेको छ । गाजामा इजरायल र हमासबीच युद्ध चलिरहेको बेला हिजबुल्लाहले बेला बेला इजरायलको उत्तरी सीमामा आक्रमण गर्दै आएको छ । हमासपछि इजरायललाई हिजबुल्लाह चुनौती बन्दै गएको बताइएको छ ।
 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया