वैशाखमा बैंकहरुको नाफा ८ अर्ब रुपैयाँ

 जेठ ३१, २०८१ बिहीबार ९:२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – वाणिज्य बैंकहरुले वैशाख महिनामा करिब ८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मासिक विवरणअनुसार वैशाख महिनामा २० वटा बैंकले कुल ७ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा बैंकहरुले ४८ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका छन् । अरु महिनाहरुको तुलनामा वैशाखमा नाफा बढेको छ । वैशाखसम्ममा नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ ।

यस्तै ग्लोबल आइएमई बैंकले ४ अर्ब १२ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ र प्राइम बैंकले ३ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएका छन् । अरु बैंकहरुको नाफा ३ अर्बभन्दा कम छ । नेपाल बैंकबाहेक अरु सबै बैकले १ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् । नेपाल बैंकले वैशाखसम्ममा ५९ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ ।

अधिक तरलताले ब्याज आम्दानी बढ्न नसक्दा र कर्जा नोक्सानी व्यवस्था बढ्दा वाणिज्य बैंकहरूको नाफा नै प्रभावित बनेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया