अस्ट्रेलियामा अब पर्यटक भिसामा जानेले विद्यार्थी भिसा नपाउने

 जेठ ३१, २०८१ बिहीबार ८:४१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – अस्ट्रेलियाको सरकारले विदेशी नागरिकका लागि भिसामा थप कडाइ गर्ने घोषणा गरेको छ । विदेशी विद्यार्थीका लागि नियम कसिलो बनाउँदै आएको अस्ट्रेलियाले थप कडाइ गर्ने घोषणा गरेको हो । अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले आउँदो जुलाईदेखि पर्यटक भिसामा रहेका तथा टेम्पोररी ग्राजुएट भिसा (टीआर)मा रहेका कसैले पनि विद्यार्थी भिसाको आवेदन दिन नपाउने नियमको घोषणा गर्नुभएको हो ।

जुलाईदेखि अस्ट्रेलियामा पर्यटक भिसामा जाने विदेशी नागरिक र त्यहाँको अध्ययन सकेपछि पाइने टीआरमा रहेका विदेशी नागरिकले पुनः विद्यार्थी भिसाको आवेदन दिन नपाउने भएका छन् । अहिलेसम्म नेपाल लगायतका देशबाट पर्यटक भिसामा अस्ट्रेलिया गएर त्यो भिसालाई विद्यार्थी भिसामा परिवर्तन गर्न मिल्ने थियो ।

यसैगरी निश्चित अध्ययन सकेपछि पाइने ग्राजुएट भिसाको अवधि सकेपछि पुनः विद्यार्थी भिसामा आवेदन दिएर अस्ट्रेलियामै बस्नेहरु पनि धेरै थिए । तर अब नयाँ नियमअनुसार पर्यटक भिसामा रहेका तथा टेम्पोररी ग्राजुएट भिसा (टीआर)मा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन पाउने छैनन् । उनीहरुले आफ्नै देश फर्किएर विद्यार्थी भिसा आवेदन दिन भने पाउनेछन् । 

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया