समुद्रबाट स्पेन पुग्ने क्रममा पछिल्लो पाँच महिनामा ५ हजारभन्दा धेरै आप्रवासीको ज्यान गयो

 जेठ ३१, २०८१ बिहीबार ९:४६:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

समुद्रबाट स्पेन पुग्ने क्रममा पछिल्लो पाँच महिनामा ५ हजारभन्दा धेरै आप्रवासीको ज्यान गएको छ । स्पेनको एउटा गैरसरकारी संस्थाले गरेको अध्ययनमा पाँच महिनामा १ सय ५४ महिला र ५० नाबालिग सहित कुल पाँच हजार ५४ जनाको ज्यान गएको पाइएको हो ।

तथ्याङ्कअनुसार औसतमा दैनिक ३३ जनाको ज्यान जाने गरेको चिाियाँ समाचार संस्था रोयटर्सले जनाएको छ । गएको वर्षको तुलनामा यो सङ्ख्या डरलाग्दो रूपमा बढेको अध्ययन प्रतिवेदनले देखाएको छ । दक्षिणमा सेनेगलदेखि भूमध्यसागरको तटमा रहेको अल्जेरियासम्म स्पेन पुग्न खोज्ने आप्रवासीले लिएका आप्रवासी मार्गहरूको ‘विस्तृत’ विश्लेषणपछि यो वर्षको सङ्ख्या गणना गरिएको हो ।

धेरैजसो एट्लान्टिक मार्गमा थिए । त्यहाँ चार हजार ८ सय  आप्रवासीले स्पेनको क्यानरी टापुहरू पुग्न प्रयास गर्दा ज्यान गुमाएका हुन् । धेरैजसोले अफ्रिकाको उत्तरपश्चिमी तटमा रहेको क्यानरी टापुहरूमा पुग्न खतरनाक डुङ्गा यात्रा गर्ने गरेका र दुर्घटनामा उनीहरुको ज्यान जाने जोखिम बढेको हो ।

स्पेन युरोपमा राम्रो जीवन खोज्ने आप्रवासीहरूका लागि मुख्य प्रवेशद्वारहरूमध्ये एक हो । स्पेनिस टापुहरूबाट लगभग एक हजार ५ सय किलोमिटर टाढा रहेको गाम्बिया र सेनेगल जस्ता दक्षिणतिरका देशहरूबाट आप्रवासीहरूको सङ्ख्या बढेको छ ।

अन्तिम अपडेट: भदौ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया