कुवेतमा भएको आगलागीमा ज्यान गुमाउनेमध्ये ४० जना भारतीय नागरिक

 जेठ ३१, २०८१ बिहीबार १२:३१:५३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

कुवेतको एक बहुतले भवनमा भएको आगलागीमा ज्यान गुमाउने ४९ मध्ये ४० जना भारतीय भएका पुष्टि भएको छ ।

ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार राति बैठक गर्नुभएको थियो । आगलागीबाट प्रभावित परिवारलाई सहयोग गर्न हरसम्भव प्रयास गर्ने उहाँले बताउनुभएको छ । प्रधानमन्त्री माेदीले हिजै मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २/२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

यो भवनमा धेरैजसो आप्रवासी कामदार बस्ने भएकाले मृतक पनि सबैजसो आप्रवासी नै हुनसक्ने खबरमा उल्लेख छ । आगलागीमा परि ५० जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया