प्रतिनिधि सभाको बैठकमा ३ वटा मन्त्रालयको बजेटमाथि छलफल चल्दै

 जेठ ३१, २०८१ बिहीबार १५:१२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रतिनिधि सभाको आजको बैठकमा पनि विनियोजन विधेयक २०८१ माथिको छलफल चलिरहेको छ । आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ ।

बजेटमाथिको छलफल शुरु हुनुअघि सांसदहरूले शून्य र विशेष समयमा विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद रामकृष्ण यादवले तराई मधेशका विभिन्न जिल्लामा आगजनीका घटनाबाट ठूलो जनधनको क्षति भए पनि स्थानीयवासीले राहत नपाएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै सांसद योगेश भट्टराईले मनसुनका कारण ताप्लेजुङमा जनधनको क्षति भएको जानकारी गराउँदै बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विपद्बाट जोगाउन पूर्वतयारीको कामलाई प्रभावकारी बनाउन, दक्ष जनशक्तिको व्यवस्था गर्न र बजेटको प्रबन्ध गर्न माग गर्नुभयो ।

सांसद ऋषिकेश पोखरेलले सामाजिक सुरक्षा भत्ताका लागि पूर्वतयारीविना राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा देशभरका ज्येष्ठ नागरिकले दुःख पाएकाले त्यसलाई सहजीकरण गर्न माग गर्नुभयो । उहाँले पूर्वतयारी नगरिँदा अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकले दुःख पाएका उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया