कर्मचारीको सङ्ख्या र पेन्सन कटौतीको निर्णय संसदबाट पारित भएसँगै अर्जेन्टिनामा हिंसात्मक झडप

 जेठ ३१, २०८१ बिहीबार १८:३:१७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अर्जेन्टिनाको संसद्ले राष्ट्रपति जेभियर माइलेको विवादास्पद आर्थिक सुधार प्याकेजलाई अनुमोदन गरेपछि देशभर हिंसा फैलिएको छ । संसद्ले प्याकेज पारित गरेसँगै संसद् भवनबाहिर प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको बीबीसीले जनाएको छ ।

राजधानी ब्युनस आयर्समा लाखौँ प्रदर्शनकारीले आन्दोलन गरिरहेका छन् । प्रदर्शकारीले प्रहरीमाथि पेट्रोल बम र ढुङ्गा हानेका छन् भने कारहरूमा आगो लगाइदिएका खबरमा उल्लेख छ । प्रहरीले रबरका गोली, अश्रृग्यास र लाठीचार्ज प्रहार गर्दा सयौँ जना घाइते भएका छन् । यस्तै पाँच जना सांसद र २० जना प्रहरीको पनि उपचार भइरहेको छ ।

अर्जेन्टिनी सञ्चारमाध्यमले राजधानी ब्युनस आयर्स युद्ध मैदान बनेको उल्लेख गरेका छन् । राष्ट्रपति माइलेको सुधार प्याकेजमा आर्थिक आपत्काल घोषणा गर्ने, पेन्सन कटौती गर्ने र श्रम अधिकारलाई कम गर्ने विषय समावेश छन् । दक्षिणपन्थी अर्थशास्त्री माइली गहिरो आर्थिक सङ्कटको बीचमा निर्वाचित हुनुभएको थियो । आर्थिक सुधारका लागि उहाँ सङ्घर्षरत हुनुहुन्छ ।

अहिले अर्जेन्टिनामा तीन सय प्रतिशत मूल्यवृद्धि छ भने आधाभन्दा धेरै अर्जेन्टिनी गरिबीमा बाँचिरहेका छन् । प्रदर्शनकारीले अहिले आर्थिक सुधारको नाममा आएको प्याकेजले देशलाई एक सय वर्ष पछाडि धकेल्ने दाबी गरेका छन् । तर राष्ट्रपति माइलेले भने आफूले अर्जेन्टिनालाई परिवर्तन गर्दै विश्वको सबैभन्दा उदार देश बनाउने बताउनुभएको छ ।

राष्ट्रपति माइलेले सरकारी तलब भत्ता खाने २५ हजार जना कर्मचारीलाई हटाइसक्नुभएको छ । अब उहाँले ५० हजार जना सरकारी कर्मचारी कटौतीको तयारी गर्नुभएको छ । मन्त्रालयको सङ्ख्या घटाइएको छ भने सरकारी कार्यालयको सङ्ख्या ५० प्रतिशत कम गरिएको खबरमा उल्लेख छ । इन्धन र यातायात भत्ता पनि कटौती भएको छ ।

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया