जी–७ शिखर सम्मेलन : युक्रेनलाई सहयाेग जुटाउनेदेखि 'एआई' सम्मका एजेन्डा

 जेठ ३१, २०८१ बिहीबार १८:३८:३७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात प्रमुख राष्ट्रहरूको समूह (जी–७) को ५० औँ शिखर सम्मेलन इटालीमा शुरु भएको छ । आजदेखि शुरु भएको सम्मेलन पर्सि शनिवारसम्म चल्नेछ ।

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका प्रतिनिधिहरूले युक्रेन र गाजा युद्धलगायतका विषयमा छलफल गर्ने बीबीसीले जनाएको छ । यो शिखर सम्मेलनले युक्रेनका लागि अर्बाैँ डलर जुटाउन रोक्का गरिएको रुसी सम्पत्ति प्रयोग गर्ने योजनामा सहमत हुने अपेक्षा गरिएको खबरमा उल्लेख छ ।

अमेरिकाको तर्फबाट गरिएको प्रस्तावअनुसार रोक्का गरिएको रुसी सम्पत्तिको प्रयोग गरेर युक्रेनका लागि हरेक वर्ष ५० अर्ब डलर जम्मा गर्न सकिनेछ । अमेरिकाले रुसमाथि नयाँ आर्थिक प्रतिबन्धको पनि प्रस्ताव राखेको छ । जी–७ बैठकमा आर्थिक सुरक्षा र कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ (एआई) को बारेमा पनि चर्चा हुन सक्ने बीबीसीले लेखेको छ ।

जी–७ शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विकासोन्मुख देशहरूसँग आर्थिक सहयोगबारे छलफल हुनेछ ।

अन्तिम अपडेट: भदौ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया