टी–२० विश्वकप : ओमान इंग्ल्याण्डसँग ८ विकेट पराजित

 जेठ ३२, २०८१ शुक्रबार ६:१०:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

टी–२० विश्वकपमा ओमान इंग्ल्याण्डसँग पराजित भएको छ । आज बिहान भएको खेलमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले हराएको हो । ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इंग्ल्याण्डले ३ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो । उसका जोस बट्लरले नटआउट २४ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले १३ ओभर र बलमा  ४७ रन मात्र बनाएको थियो । समूह ‘सी’ मा इंग्ल्याण्डको यो पहिलो जित हो । इंग्ल्याण्ड ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । ओमानको भने यो चौथो खेल हो । यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको ओमान अहिलेसम्म अङ्कविहीन रहेको छ । 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया